प्रदेश नं ३ः संसदीय दल प्रमुख सचेतकमा राधा घले

प्रदेश नं ३ः संसदीय दल प्रमुख सचेतकमा राधा घले
Leaderboard Banner

काठमाडाै । नेपाली कांग्रेस प्रदेश ३ को संसदीय दलको बैठकले प्रमूख सचेतकमा राधा घलेलाई चयन गरेको छ ।

संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बुधबार पार्टी कार्यालय हेटौंडामा बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा घलेलाई चयन गरेको हो । त्यस्तै, सचेतकमा छिरिङ दोर्जे लामा, सदस्य सचिवमा निमा लामा तथा अनुशासन समितिको संयोजकमा विजुला बर्मालाई चयन गरीएकाे छ ।

बैठकले प्रदेशमा बन्ने ५ वटा विषयगत समितिमध्ये कांग्रेसले सार्वजनिक लेखा समितिको सभापतिमा आफ्नो दलको तर्फबाट न्हुच्छेनारायण श्रेष्ठको उम्मेदवारी दिने निर्णय गरेको जनाइएकाे छ ।

प्रकाशित : बुधबार, चैत १४, २०७४१२:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

एमाले-माओबादी केन्द्रबिचको एकतामा भाँडिने संकेत: यस्तो छ कारण