एमाले-माओबादी केन्द्रबिचको एकतामा भाँडिने संकेत: यस्तो छ कारण

Leaderboard Banner

एजेन्सी । वाम गठबन्धन बनाएर निर्वाचन लडेर जनताको राम्रो समर्थन पाएका दुई पार्टी  नेकपा एमाले र माओबादी केन्द्रबीच हुने भनिएको पार्टी एकता अन्तिम चरणमा आएर भाँडिने संकेत देखिएको छ।

बैशाख ९ गते हुने भनिएको पार्टी एकता एकाएक प्रधानमन्त्री ओलीको भारत भ्रमण अगाडि हुने भनिएकै अवस्थामा यी दुई पार्टीबीच हुने भनिएको पार्टी एकताको कुरामा तनाव देखिएको हो ।  माओवादी केन्द्रले पार्टी एकता हुँदा पार्टीभित्र आफुहरुको बराबर सहभागीता हुनु पर्ने भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिंदै हिड्न थालेपछि एकतामा दरार आउन लागेको बुझिएको छ ।

केहि दिन पहिले माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले अनेरास्ववियु क्रान्तिकारीको एक प्रशिक्षण कार्यक्रममा ५०/५० प्रतिशतका आधारमा मात्र पार्टी एकता हुन सक्ने अभिव्यक्ति दिएका थिए । त्यसैगरी मोओबदीकै अर्का वरिष्ठ नेता टोप बहादुर रायमाझीले पनि केहि दिनअघि बुटवल पुगेर बराबरी हैसियद कायम भए मात्र पार्टी एकता हुने तर आफुहरुको हैसियद गुमाएर पार्टी एकता नगर्ने बताएका थिए।  तर, यता एमालेले भने प्रतिशतका आधारमा नभएर क्षमताका आधारमा मात्र एकता हुन सक्ने बताउँदै आएको छ  ।

बाहिर पार्टी एकताबारे विभिन्न हल्ला सुनिएपछि एमाले अध्यक्ष एवम्  प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग उनले दिएको पछिल्लो अभिव्यक्तिबारे जानकारी लिएका छन् । ओलीले हिजो अबेर अध्यक्ष दाहाललाई प्रधानमन्त्री निवास नै बोलाएर बाहिर आएका हल्लाहरु बारे स्पष्ट परिदिन आग्रह गरेका थिए।

प्रकाशित : बुधबार, चैत १४, २०७४१३:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

प्रधानन्यायाधीशमा तीन न्यायाधीशको नाम सिफारिस