इयू सदस्य राष्ट्रद्वारा ग्रीसलार्इ ५.७ अर्ब यूरो दिइने

इयू सदस्य राष्ट्रद्वारा ग्रीसलार्इ ५.७ अर्ब यूरो दिइने
Leaderboard Banner

काठमाडाै, १३ चैत । यूरोपेली यूनियन (इयू)का सदस्य राष्ट्रले ग्रीसलाई आर्थिक सङ्कटबाट उठाउन पहिलो किस्ता वापत बुधबार ५.७ अर्ब यूरो उपलब्ध गराउने भएका छन् ।

कारोबारको माध्यम यूरो बनाएका इयूका १९ वटै सदस्य राष्ट्रले आर्थिक सङ्कटबाट पार लगाउन विभिन्न दिन सहमत किस्तामध्येको यो पहिलो किस्ता हो । यसले ग्रीसलाई यस बर्षभित्र जमानत कार्यक्रमबाट फिर्ता हुने बाटोलाई सहज बनाउने अपेक्षा गरिएको छ ।

यूरोको प्रचलन रहेका सदस्य राष्ट्रले ग्रीसलाई आर्थिक मन्दीबाट बाहिर ल्याउन सन् २०१० पछि ल्याएको तेस्रो राहत कार्यक्रम अन्तर्गतको पहिलो किस्तास्वरूप ५.७ अर्ब यूरो पु¥याउनका लागि तोकिएको आफ्नो भाग उपलब्ध गराउन यही बर्षको जनवरीमा सहमति जनाएका थिए । बाँकी एक अर्ब यूरो भने ग्रीसले अन्तिम सुधारको काम नगरेसम्म रोकिने र मेभन्दा पहिले नदिने दाताहरूले जनाएका छन् ।

प्रकाशित : बुधबार, चैत १४, २०७४११:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

अबदेखि वर्षमा जम्म १५ दिन मात्र बिदा हुने: यस्ता २२ वटा बिदा कटौती हुँदै…