प्रदेश ३ बैठक: बलात्कारीलाई ‘मृत्युदण्ड’को सजाय दिनु पर्ने जोडदार माग

Leaderboard Banner

हेटौँडा । प्रदेश नं ३ को आज बसेको प्रदेश सभा बैठकमा बोल्ने सांसदहरुले बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग गरेका छन् । बैठकको अध्यक्षता सभामुख सानुकुमार श्रेष्ठले गरेका थिए ।

आजको विशेष समयमा बोल्ने नौजना सांसदले भूकम्पपीडितका समस्या र प्रदेश राजधानीको स्थान र नामकरणका विषयलाई समेत उठान गरे । नेपाली काँग्रेसका सांसद जीवना डंगोलले बालिका बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय दिन माग गरिन् । उनले भनिन् – “बालिका बलात्कार जस्तो अमानवीय क्रियाकलाप गर्ने अपराधीलाई मृत्युदण्डको सजाय हुनुपर्छ ।”

उनले नेपालमा पछिल्लो समयमा सांस्कृतिक विचलन बढेको भन्दै चिन्तासमेत व्यक्त गरिन् । उनले राजधानी तोक्ने विषयलाई समेत चाँडै टुंगो लगाउन आग्रह पनि गरिन् ।

राप्रपाका सांसद रीता माझीले गाई काट्न हुन्छ भनी सञ्चार माध्यममा आएको विषयमा सदनको ध्यानाकर्षण गराईन् । माझी र नेपाली काँग्रेसका सांसद बलराम पौडेलले यस विषयमा उपसभामुख राधिका तामाङबाट जवाफको माग गरेका थिए ।

प्रकाशित : मङ्गलबार, चैत १३, २०७४१७:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

हामी सबैसंग मित्रवत् व्यवहार चाहन्छाैः प्रधानमन्त्री