अब स्थानीय तहले करारमा कर्मचारी राख्न पाउने

अब स्थानीय तहले करारमा कर्मचारी राख्न पाउने
Leaderboard Banner

काठमाडाै ।  स्थानीय तहमा करारमा जनशक्ति व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७४ स्वीकृत भएसँगै स्थानीय तहले करारमा कर्मचारी राख्न पाउने पाउनेलभएका छन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार  उक्त कार्यविधिलाई सम्बन्धित स्थानीय तहले आ-आफ्नो आवश्यकता अनुसार कार्यपालिका बैठकबाट निर्णय गरी लागू गर्न सक्नेछन । मन्त्रालयले उक्त याेजना लागु गरेसंगै  स्थानीय तहले आवश्यक पर्ने विभिन्न सेवाहरू इन्जिनियरिङ, कृषि, पशु, वन, स्वास्थ्यसँग सम्बन्धित जनशक्ति करारमा कर्मचारी राख्न पाउने भएका हुन ।

स्थानीय तहमा ५४ हजार ३ सय ९२ कर्मचारी आवश्यक पर्ने गरी दरबन्दी संरचना तयार पारिएको छ। तर, सो अनुरुप कर्मचारी स्थानीय तहमा नहुँदा अपेक्षाअनुरुप काम हुन सकेको छैन।

प्रकाशित : मङ्गलबार, चैत १३, २०७४१६:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

शेयर बजारमा सुधारः ३९ अंकले बढ्यो नेप्से