उत्तर कोरियाली नेता किम जोङ उन बेइजिङमा

Leaderboard Banner

काठमाडाै । उत्तर कोरियाली नेता किम जोङ उन भ्रमणका लागी  बेइजिङमा रहेकाे अर्न्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । जापानी सञ्चार माध्यमले साेमबार  उत्तर कोरियाका एक उच्च अधिकारी रेलबाट चीन पुगेको जनाए पश्चात किम नै चीन अाएकाे जनाइएकाे हाे ।

समाचारहरुमा उक्त ट्रेन विगतमा उत्तर काेरियाली नेताहरु विदेश भ्रमणमा जाँदा चढ्ने रेलजस्तो रहेको भनिएको छ । जापानको क्योटो समाचार संस्थाले उत्तरपूर्वी सहर दानदोङ हुँदै विशेष रेल चीन आएको भिडियो फुटेज देखाउँदै त्यसमा किम हुन सक्ने बताएको हाे।साउथ चाइना मर्निङ पोष्टले उच्चस्तरीय भ्रमणका लागि बेइजिङसँगै चीन र उत्तर कोरियाली सीमामा ठूलो मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको बताएको छ। तर चीनको विदेश मन्त्रालयले भने अाफुहरूलार्इ जानकारी नभएकाे बताएकाे छ ।

क्योदो समाचार समितीका अनुसार प्योङयाङ र बेइजिङबीचको सम्बन्ध सुधार गर्नका लागि यो भ्रमण भएको हो । गत वर्ष उत्तर कोरियाको परमाणु परिक्षण र उसमाथि लागेको प्रतिबन्धका कारण चीन–उत्तर कोरिया सम्बन्धमा तनाव उत्पन्न भएको थियो । क्योदो न्यूजले आफ्नो सुत्रको हवाला दिदै यो रेल विशेष भएको र यसमा सम्भवतः विशेष अघिकारीनै भएको जनाएको छ । उत्तरपूर्वी चीनमा रोयटर्सको दुई सुत्रले पनि उत्तर कोरियाली नेता रेलबाट ड्यान्ड्रगको भ्रमणमा गएको जनाएको छ । ड्यान्ड्रगबाट बेइजिङको दुरी ११ सय किलोमिटर छ । साधारण रेलबाट यो यात्रा पुरा गर्नका लागि १४ घन्टाको समय लाग्छ ।

सोमबार दिउसो प्रहरीले बेइजिङमा पूर्वदेखि पश्चिम सम्म कडा सुरक्षा व्यवस्था कायम गरेको थियो । केही भवनहरुमा प्रवेश गर्न समेत रोक लगाइएको थियो ।

प्रकाशित : मङ्गलबार, चैत १३, २०७४१२:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

फुटबलर विमलकी बहिनीको हत्यामा आरोपी चौधरीलाई सफाई