एसईई परीक्षामा सहभागी एक छात्राको रहस्यमय मृत्यु !

Leaderboard Banner

काठमाडौँ । सुर्खेतमा एसईई परीक्षामा सहभागी एक छात्राको रहस्यमय तरिकाले मृत्यु भएको छ ।

जिल्लाको पंचपुरी नगरपालिकास्थित बाबियाचौर केन्द्रबाट एसईई परीक्षामा दिईरहेकी सोहि जिल्लाकै सालकोट निवासी १७ वर्षीय गौरी रोकायको मंगलबार बिहान उनकै कोठामा मृत अवस्थामा भेटिएकी थिइन्।

उनी सुतिरहेको विस्तारामै उनका दुई वटा खुट्टा खाटबाहिर झुण्डिएको र उनिको शरीरको आधाभाग झुलभित्र भएको अवस्थामा उनको शव भेटिएको हो । प्रहरीले यो घटनामा रहस्यम भएको भन्दै अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

मृत अवस्थामा भेटिएकी गौरीको टाउको र खुट्टामा चोट लागेको दाग समेत भेटिएको छ।

प्रकाशित : मङ्गलबार, चैत १३, २०७४११:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

एसइई दिन आएकी छात्रा मृत फेला