एसइई दिन आएकी छात्रा मृत फेला

एसइई दिन आएकी छात्रा मृत फेला
Leaderboard Banner
file photo

काठमाडाै । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा एसईई दिन गएकी  एक छात्रा मंगलबार मृत भेटिएकि छन् ।

पञ्चपुरी नगरपालिका-३ चौर घर भइ  परीक्षाका लागि बाबियाचौरमै डेरामा बसेकी गौरीकला रोकाय अाज बिहान मृत भेटिएकि हुन । इलाका प्रहरी कार्यालय बाबिचाैरका अनुसार अाज बिहान परीक्षा दिने समय भइसक्दा पनि कोठाबाट ननिस्केपछि उठाउन जाँदा रोकाय  मृत भेटिएकी थिइन् ।

उनको शरीरमा चोट र निल डामहरु देखिएको र विभत्स अवस्थामा मृत भेटिएकोले हत्या भएको अनुमान प्रहरीको छ ।अहिले उनकाे शव पाेष्टमार्टमका लागी विरेन्द्रनगर लगिएकाे छ ।  १८ वर्षीया रोकाय सूर्यप्रकाश मावि पलैटेमा अध्ययनरत छात्रा हुन् ।

 

 

 

 

प्रकाशित : मङ्गलबार, चैत १३, २०७४११:४०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

उत्तर कोरियाली नेता किम जोङ उन बेइजिङमा