किन बोलाए प्रधानमन्त्री ओलीले नेपालस्थित सम्पूर्ण विदेशी राजदूतलाई बालुवाटार ?

Leaderboard Banner

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित सम्पूर्ण वैदेशिक कुटनीतिक नियोगका प्रमुखलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर आफ्नो नेतृत्वको सरकारका भावी योजना तथा वैदेशिक नीतिका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई ब्रिफिङ गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको संयोजनमा नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, पदाधिकारी र विकास साझेदारहरुलाई आफ्नो सरकारको नीति तथा कार्यक्रमको विषयमा सामुहिक ब्रिफिङ गर्न लागेका हुन् । खासगरी नेपालमा नेपालका विदेशी कुटनीतिक नियोगहरुको विवादास्पद अभिव्यक्ति र गतिविधि बढ्दै गएको र उनीहरु सरकारी नियन्त्रण भन्दा बाहिर रहेर आफ्ना गतिविधि संचालन गर्न सक्ने कुरालाई मध्यनजर राख्दै यो कार्यक्रमको योजना गरिएको हो। यो मुहिक छलफलको प्रबन्ध परराष्ट्र मन्त्रालयले मिलाएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी गराएका छन्  ।

आज मध्याह्नमा प्रधानमन्त्री निवास बालुवाटारमा हुने उक्त ब्रिफिङमा प्रम ओलीले नेपालको विदेश नीतिका साथै नेपालमा अब स्थिर सरकार बनेकाले विकासमा साझेदारी गर्न समेत विदेशीक सँस्था तथा नियोगहरुलाई आह्वान समेत कार्यक्रम रहेको छ । पछिल्लो समय युरोपियन युनियनले प्रस्तुत गरेको निर्वाचन पर्यवेक्षण प्रतिवेदनमा विवाद भैरहेकै बेला  ओली सरकारले काठमाडौंमा रहेका सबै कुटनीतिज्ञहरुसँग सामुहिक छलफल गर्न लागेको छ ।

यस ब्रिफ़िङले युरोपियन युनियन लगायत अने देशहरुसँग पनि आपसी असमझदारी रहेको खण्डमा हटाउन र नयाँ सम्बन्धलाई स्थापित गर्न समेत महत्वपूर्ण भूमिका खेल्ने अनुमान समेत गरिएको छ।

प्रकाशित : मङ्गलबार, चैत १३, २०७४११:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

युरोपेली मुलुक पोर्चुगलमा नेपाली महोत्सव हुने