हाेटेलमा बसेर लागुअाैषध काराेबार गर्ने दुर्इजना पक्राउ

हाेटेलमा बसेर लागुअाैषध काराेबार गर्ने दुर्इजना पक्राउ
Leaderboard Banner

काठमाडाै । काठमाडाैकाे हाेटेलमा बसेर लागुअाैषधकाे काराेबार गरीरहेका दुर्इजना पक्राउ परेका छन । साेमबार काठमाडौंको गोंगबुबाट लागुअाैषध सहित प्रहरीले पक्राउ गरेकाे हाे ।

प्यूठानको नारिकोटका सन्तोष कुँवरले सञ्चालन गरेको गोंगबुको गौमुखी गेष्ट हाउसबाट ताप्लेजुङका लाक्पा शेर्पा र तेह्रथुमका पासाङ शेर्पा पक्राउ परेका हुन ।उनीहरूकाे साथबाट  तीन सय थान विभिन्न प्रकारका प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार लागू औषध नुर्फिन १०० थान, फेनारगन १०० थान र डाइजेपा १०० थान बरामद गरिएको हाे ।

प्रकाशित : सोमबार, चैत १२, २०७४१२:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सवारी दुर्घटनामा परी रत्न साहको मृत्यु !