अन्तरिक सुरक्षाका विषयमा सरकार गम्भीर बन्दै : अबदेखि क्याबिनेटकका विशेष निर्णय गोप्य राखिने

Leaderboard Banner

काठमाडौं । ओली नेतृत्वको नयाँ सरकार बनेसँगै सरकार अन्तरिक सुरक्षाका विषयमा निकै गम्भीर भएर अगाडि बढ्ने भएको छ। अब देखि सरकारले विशेष महत्वपूर्ण निर्णयहरु तत्काल सार्वजनिक नगर्ने भएको हो ।

यसरी महत्वपूर्ण निर्णयहरु सार्वजनिक हुँदा या चुहिंदा सरकारका जनसरोकार र देशहितका कामहरुमा बाधा व्यवधान आउने र देशको अन्तरिक मामिला नै बाहिर छताछ्ल्ल हुने र गोपनियताको संकट हुने हुँदा अब यस्ता बिशेष महत्वका निर्णय गोप्य राखिने भएको हो।

प्रधानमन्त्रीका सूचना सम्प्रेषक रामशरण बजगाईँका अनुसार महत्वपूर्ण र आन्तरिक सुरक्षासम्बन्धी निर्णय सरकारले अबदेखि २४ घण्टासम्म गोप्य राख्ने र त्यसपछि पनि यदि सार्वजनिक गर्नै पर्ने र जनतालाई सुसुचित गर्नु पर्ने हो भने आवश्यकताअनुसार सम्प्रेषण गरिने भएको छ।

त्यसैगरी अन्य जनसरोकारका वियष भने निर्णय हुँदासाथ सरकारका प्रवक्तामार्फत जानकारी गराइने पनि उनले बताए । अहिले प्रधानमन्त्रीको कार्यालय  सिंहदरबारमा मन्त्रिपरिषदको बैठक चलिरहेको छ ।

प्रकाशित : सोमबार, चैत १२, २०७४१२:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

इयुकाे प्रतिवेदनप्रति काँग्रेसको आपत्ति