रोकिएन बलात्कारको शृंखला: फेरी अर्की ५ वर्षीय बालिका बलात्कृत

Leaderboard Banner

काठमाडौँ । बर्दिया जिल्लामा एक ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक १७ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको चैतबढैयाताला गाउँपालिका–७ का कृष्ण थारुले ५ वर्षीय बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीले पक्राऊ गरेको हो । गत बिहिबार थारुले बालिकालाई जवर्जस्ती करणी गरेको भन्दै आफन्तहरुले उजुरी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ ।

अहिले घटनाका बारेमा थप अनुसन्धान कार्य भैरहेको प्रहरीले बताएको छ। शनिबार यता बर्दियाका विभिन्न ठाउँमा बलात्कारका चारवटा मुद्दा दर्ता भएका छन् । यसबाहेक अझै केहि घटनाहरु बाहिर आएको र मुद्धा दर्ता हुने क्रममा रहेको बर्दिया प्रहरीले हानेको छ।

 

प्रकाशित : शनिबार, चैत १०, २०७४११:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

बेनी–जोमसोम–कोरला सडकखण्डको बेलीव्रिजमा प्वलै प्वाल