यादवकै पर्खाई बाटो हेर्दै प्रधानमन्त्री ओली: भागवण्डा मले पनि किन कुराई रहेका छन् यादवले ?

Leaderboard Banner

काठमाडौं, १० चैत । गत फाल्गुन ३ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएसंगै लालबाबु पण्डितसँगै थममाया थापालाई सरकारमा सहभगी बनेर तीन सदस्यीय मन्त्रीमण्डल गठन गरेका ओलीले सरकार गठन भएको एक महिना बितिसक्दासमेत सरकारलाई पूर्णता दिन भेन सकेका छैनन् ।

संघीय समाजवादी फोरमलाई पनि सरकारमा ल्याएर दुई तिहाईको शक्तिशाली सरकार गठन गर्न लागि परेका प्रधानमन्त्री ओली फोरमलाई कुर्दा कुर्दै हैरान भएका छन्।   संघीय समाजवादी फोरमले पार्टीका तर्फबाट मन्त्रीको नाम नदिएपछि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । ओलीले तेस्रो पटक सरकार विस्तार गर्दाकै दिन फोरमलाई समेटेर सरकार विस्तार गर्ने तयारी गरे पनि फोरमले नाम पठाउन नसकेपछि रोकिएको थियो ।

यसै कारणले गर्दा सरकार विस्तारको प्रक्रिया लम्बिँदै गएको बताईएको छ । यता ओलीले भने २ ओटा मन्त्रालय अहिले सम्म पनि  फोरमकै लागि भने र खाली राखेका छन्। प्रधानमन्त्री ओली र फोरम अध्यक्ष उपेन्द्र यादवबीच मन्त्रालय भागवण्डामा कुरा यसअघि  नै मिलेको दाबी गरिएको छ ।

सोहि समहतिअनुसार फोरमले दुई मन्त्री र एक राज्यमन्त्री दिन बाम गठबन्धन तयार भएको छ ।

प्रकाशित : शनिबार, चैत १०, २०७४११:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मनको सफाइ भए मात्र सबै क्षेत्रको सफाइ हुन्छ – अध्यक्ष दाहाल