एसईई परिक्षा: जब प्रहरीले विद्यार्थीलाई धम्काउँदै गोजीबाटै चिट खोसे…

Leaderboard Banner

काठमाडौँ । अहिले देशभर एसईई परिक्षा संचालन भैरहेको छ। यसैबीच पूर्वी रुकुमस्थित रुकमणी माविमा एसइई परीक्षा दिइरहेका परिक्षार्थीहरूलाई प्रहरीहरुले धम्काउँदै चिट खोसेको आरोप लगाईएको छ।

आज (बिहीबार) बाट सुरु भएको परिक्षामा रुकुमको रुकमणी माविमा एक्कासी आएर प्रहरीले परीक्षार्थीहरु तत्काल चिट झिक भन्दै चेक गर्न थालेपछि सबै विद्यार्थीहरू अलमलिएको बताईएको छ । परिक्षार्थीहरूले प्रहरीहरुले आफुहरुलाई धम्काउँदै चिट खोसेको आरोप लगाएका छन्।  अधिकांश विद्यार्थीले आफूले बोकेको गेस पेपर र चिट फाले । केहीले झिकेनन् र प्रहरी आफैँले उनीहरूको गोजीबाट चिट निकाली उनीहरूलाई १० मिनेट परीक्षाबाट रोक लगायो। प्रहरीको यस्तो हर्कत देखेपछि परीक्षा दिइरहेका विद्यार्थीहरू त्रसित भएका थिए । ‘हामी परीक्षा दिइरहेका थियौँ, प्रहरीले धम्कीको भाषामा हामीलाई थर्कायो’ एक विद्यार्थीले भने।

‘परीक्षाको तयारी विषयक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी वंशीकुमार आचार्यले प्रहरी परीक्षा कोठाभित्र नजाने बताएका थिए। तर प्रहरीले परीक्षाकोठाभित्रै गएर चिट नै झिक्यो’ उनले भने।

पूर्वी रुकुमका प्रहरी निरीक्षक दिवाकर रिजालले प्रहरी परीक्षा कोठामा गएको स्वीकार गरेपनि चिट, गेस पेपर निझिकेको दाबी गरे।

प्रकाशित : बिहिबार, चैत ०८, २०७४१६:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

प्रदेश सरकार सञ्चालनमा कानुनी प्रक्रिया बाधकः मुख्यमन्त्री शाही