चीनविरुद्ध नाकाबन्दी लगाउने अमेरिकाको तयारी

चीनविरुद्ध नाकाबन्दी लगाउने अमेरिकाको तयारी
Leaderboard Banner

काठमाडाै ।अमेरिकाले चीन विरुद्ध नाका बन्दी लगाउने भएकाे छ। चीनले बौद्धिक सम्पत्ति चोरी गर्नेलाई प्रोत्साहन दिएको आरोप लगाउदै ट्रम्प प्रशासनले चीन विरुद्ध नाका बन्दी लगाउने तयारी गरेको हो।

यस विषयमा चीन संग लामो समय देखि छलफल भए पनि असफल भएकाले नाकाबन्दी लगाउने तयारी गरिएको ट्रम्प प्रशासनले बताएको छ ।  ट्रम्प प्रशासनले बिहीबार यस बारे घोषणा गर्ने बताइएको छ। ट्रम्प प्रशासनले चीन विरुद्ध नाकाबन्दी गरे विश्वव्यापी रूपमै व्यापार युद्ध हुन सक्ने आशंका गरिएको छ।

अमेरिकाको नयाँ घोषणामा करमा उच्च वृद्धि, लगानीमा प्रतिबन्ध, स्थानीय कम्पनीहरुसँग साझेदारीमा रोक लगाउने लगायत रहेको उच्च अधिकारीले बताएका छन्।

प्रकाशित : बिहिबार, चैत ०८, २०७४१३:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

मन्त्रालयको नयाँ सांगठनिक संरचना तयार गरिँदै