किन मागे मार्क जुकरवर्गले माफि ?

किन मागे मार्क जुकरवर्गले माफि ?
Leaderboard Banner

काठमाडाै । सन २०१६मा अमेरीकामा भएकाे राष्ट्रपतिकाे चुनावमा अमेरिकी फेसबुक प्रयोगकर्ताको व्यक्तिगत जानकारी चोरेर राष्ट्रपति चुनावलाई प्रभावित गर्न खोजेको समाचार सार्वजनिक भएपछि मार्क जुकरवर्गले माफि मागेका छन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निकट मानिएको डाटा फर्म क्याम्ब्रिज एनालिटिकाले पाँच करोड अमेरिकी फेसबुक प्रयोगकर्ताको व्यक्तिगत जानकारी चोरेर निर्वाचन प्रभावित गरेकाे अाराेप लागेकाे थियाे । उक्त समाचार बाहिरिएसंगै मार्कले अाफनाे फेसबुक एकाउन्टमा लेख्दै माफि मागेका हुन । उनले भनेका छन, ‘फेसबुक र यसका प्रयोगकर्ताप्रतिकै विश्वासघात हो, जसले हामीसँग व्यक्तिगत जानकारी शेयर गर्दछन् ।’ जुकरबर्गले फेसबुकमार्फत आफ्नो गल्ती स्वीकार गर्दै भविष्यमा त्यस्तो हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन्, ‘तपाईँहरुको व्यक्तिगत जानकारीको सुरक्षाको प्रत्याभूति दिने हाम्रो उत्तरदायित्व हो । यदि हामीले त्यो गर्न सकेनौँ भने हामी सेवा दिन लायक रहँदैनौँ ।’

 

उक्त समाचार सार्वजनिक भएपछि फेसबुकको गोपनियतामाथि विश्वभरबाट सवाल उठाइएको छ । विश्वका विभिन्न सरकारले फेसबुकमाथि कडा नियमन गरिनुपर्ने माग गर्दै आएका छन् । जबकी रूसले २०१६ काे चुनावमा अमेरीकाले फेसबुककाे गलत प्रयाेग भइरहेकाे जनाएपछि मार्कले रूसलार्इ पागलपनकाे संज्ञा दिएका थियाे ।  तत्पश्चात उनले फेसबुकमा भाइरल  हुने बिभिन्न गतल सामाग्री हरूलार्इ नियन्त्रण गर्ने काेसिस गरेका थिए ।

प्रकाशित : बिहिबार, चैत ०८, २०७४१२:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

‘लखपति माग्ने’मा यसरि माग्ने हुने भए कमल मणि नेपाल (खुपिका बा) (पुरा पढ्नुहोस्)