आईपिएलमा छनोट भएका ‘सन्दिप लामिछाने’लाई दिल्लीले आज जर्सी दिँदै…

Leaderboard Banner

काठमाडौँ । भारतको प्रख्यात किर्केट लिग ‘ईण्डियन प्रिमियर लिग’ (आईपिएल) मा नेपालबाट पहिलो पटक छनोटमा परेका युवा स्पिनर सन्दिप लामिछानेलाई आज उनको क्लब दिल्ली डेयर डेबिल्सले जर्सी हस्तानन्तरण गर्दैछ।

दिल्ली क्लवका उच्च अधिकारीहरु आफ्नो टिमको खेलाडी सन्दिपलाई जर्सी हस्तान्तरण गर्न नेपालको राजधानी काठमाण्डौ आई पुगेका छन् । क्लबका उच्च अधिकारीको उपस्थितीमा प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत सन्दिपलाई जर्सी हन्तान्तरण गर्ने कार्यक्रम रहेको बताईएको छ । सन्दिपलाई आज जर्सी दिने भनिए पनि उक्त कार्यक्रम कतिबेला हुँदैछ र उनले कति नम्बरको जर्सी पाउने छन् भन्नेबारे भने केहि उल्लेख गरिएको छैन।

नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिष्ट रमन सिवाकोटीका अनुसार सन्दिपलाई जर्सी प्रदान गर्न क्लबका सिईओ हेमन्त दुवा सहितको उच्चस्तरिय टोली काठमाण्डौमा रहेको छ । नेपालबाट आईपिएल क्रिकेटमा छनोट हुने पहिलो नेपाली क्रिकेटर लामिछानेलाई दिल्लीले २० लाख भारतिय रुपैयामा खरिद गरेको हो ।

डिभिजन २ किर्केटमा सर्वाधिक विकेट लिएर विश्वभर चर्चित बनेका सन्दिप अहिले जिम्बाबेमा सम्पन्न एकदिवसिय विश्वकप छनोट खेलेर सम्पूर्ण नेपाली टोलीसहित सोमबार मात्र स्वदेश फर्किएका हुन्।

प्रकाशित : बिहिबार, चैत ०८, २०७४१२:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

स्पोर्ट सिटीका लागि ‘कर्णाली हाई अल्टिच्यूड ट्रेनिङ सेन्टर’