श्रीदेवीपछि विदेशमा यी अभिनेत्रीको भयो भयानक दुर्घटना, अवस्था नाजुक!

Leaderboard Banner

एजेन्सी, बलिउड अभिनेत्री र फेमिना मिस इण्डियाको उपाधि जितेकी नताशा सूरी इन्डोनेसियामा एक ठुलो दुर्घटनाको शिकार बनेकी  छिन् । यस घटनाको कारणले नताशालाई २४ घण्टाको लागी मेडिकल अब्जरभेसन राखिएको छ । सूचना अनुसार नताशा चीफ गेस्ट बनेर इन्डोनेसियामा एक ब्रान्ड स्टोरको ओपनिंगको लागी पुगेकी थिइन् । स्टोरको ओपनिंगपछि नताशा त्यहाँबाट घुम्नको लागी निस्केकी  थिइन् । जानकारी अनुसार नताशा इन्डोनेसियामा चर्चित एडभेन्चर स्पोर्ट बन्जी जम्पिंगको समयमा बीचमा डोरी चुडिएको कारण नताशा माथिबाट खसेकी थिइन् ।

मिडिया रिपोर्ट्सको अनुसार अहिले नताशा अस्पतालमा २४ घण्टा डाक्टरहरुको निगरानीमा रहेकी छिन् । उनको हालत अहिले  निकै नै नाजुक रहेको बताइएको छ । नताशा सूरीले  २००६ सालमा फेमिना मिस इण्डियाको उपाधि जितेकी थिइन् ।

 

प्रकाशित : बुधबार, चैत ०७, २०७४१७:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

चर्चित वलिउड अभिनेता सञ्जय दत्त कमेडियन पाउँदा यस्तो खुसी