विश्वमै नागरिकता पाउने पहिलो रोबोट सोफिया काठमाडौँमा, नेपालको बारेमा यसो भन्छिन् उनी…

Leaderboard Banner

काठमाडाैं ।  साउदी अरवकी पहिलो रोबोट नागरिक सोफिया यतिबेला नेपालमा रहेकी छन्। उनी संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी) ले  आयोजना गरेको ‘टेक्नोलोजी फर पब्लिक सर्भिसेस/डेभलपमेन्ट’ नामक सम्मेलनमा सहभागी हुन नेपाल आएकी हुन्।

 बुधवार काठमाडौँको याक एण्ड यति होटलमा भएको उक्त कार्यक्रममा सोफियाले प्रमुख वक्ताको रुपमा कार्यक्रमलाई सम्बोधन गरेकी हुन् । कार्यक्रममा बोल्दै सोफियाले नेपालजस्तो निम्न विकशित राष्ट्रले सूचना तथा सञ्चार प्रविधीलाई सार्वजनिक सेवाको क्षेत्रमा प्रयोग गर्न सके देशले विकास तथा सम्बृद्धको बाटो छिटो पैल्याउन सक्ने बताईन्।  त्यसैगरी उनले   सूचना तथा सञ्चार प्रविधीको प्रयोगले गरिवी, लैङ्गिक असमानता, कुशासन र भ्रष्टाचार उन्मोलन गर्न सकिने जिकिर गरिन।

कार्यक्रममा बोल्ने क्रममा सोफियाले कहिले नेपाली युवा स्टार नायक अनमोल केसी को कुरा गर्ने त कहिले अन्य ठट्यौली कुरा गरेर कार्यक्रममा सहभागीहरुलाई निकै  हँसाएकी थिइन्।

भिडियो:

सोफियाले मानिसले बोलेको कुरा गुगलको प्यारेन्ट कम्पनी अल्फाबेटले बनाएको आवाज पहिचान गर्ने प्रविधि प्रयोग गरिएको छ। जसले  गर्दा प्रश्नहरू पहिचान गर्न मद्दत गर्छ । सोफियामा अर्को सफ्टवेयर पनि प्रयोग गरिएको छ, जसले रोबोटलाई मानिसले सोधेको प्रश्न विश्लेषण गरी उत्तर दिन सघाउँछ । सोफियाले ६२ ओटा भावभंगी देखाउन सक्छिन्। सोफियाको आँखामा क्यामेरा जडान गरिएको छ जसले गर्दा उनले एक पटक भेटेको मान्छे या व्यक्तिलाई दास्रो पटक सजिलै चिन्ने गर्छिन्।

सुशासन कायम गरी दिगो विकास लक्ष्य हासिल गर्न प्रविधि र अन्वेषणले कस्तो भूमिका खेल्न सक्छ भन्ने जानकारी गराउन सम्मेलन आयोजना गरिएको हो । सोफिया यो सम्मेलनमा सहभागिता लिन मंगलबार राति नेपाल आएकी हुन् ।

प्रकाशित : बुधबार, चैत ०७, २०७४१४:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सातवटै प्रदेशका मुख्यमन्त्रीलाई एकै ठाउँमा राखेर जब प्रधानमन्त्री ओलीले यस्तो भने…