‘मोस्ट वान्टेड’ सुटर उमेश तरार्इबाट पक्राउ

Leaderboard Banner

काठमाडाै । तरार्इमा पाँच जनाकाे गाेली हानी हत्या गरेका माेस्ट वान्टेड सुटर उमेश पासवान पक्राउ परेका छन । प्रहरीकाे अत्याधिक खोजी सूचीमा रहेका  उमेश पासवानलाई प्रहरीले सर्लाहीबाट  पक्राउ गरेको हाे ।

हरिपुरमा तीन वर्षअघि गोली हानी उनले एक व्यक्तिको हत्या गरेका थिए। तीन वर्षको प्रयासपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। गोली प्रहारका एक दर्जन घटनामा उनी संलग्न रहेको प्रहरीले जनाएको छ। पासवानविरुद्ध सर्लाही, सिराहा र रुपन्देही जिल्ला अदालतमा खुँनडाका तथा संगठित अपराध, हातहतियार, कर्तव्य ज्यानमार्ने उद्योग, चोरी र जर्वजस्त चोरीका मुद्धा छन् ।

धम्काउदै पैसा माग्ने र पैसा नदिए उनले गोली हानी हत्या गर्दै आएका थिए। उनी गोली प्रहारका एक दर्जन घटनामा  संलग्न रहेको प्रहरीले जनाएको छ।

प्रकाशित : बुधबार, चैत ०७, २०७४१४:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

ढिस्कोले पुरिएर बालिकाको मृत्यु