अस्वस्थताका कारण राष्ट्रपतिद्वारा राजीनामा

Leaderboard Banner
epa05212175 Htin Kyaw, newly elected president of Myanmar and member of the National League for Democracy (NLD) party, leaves after a parliament session in Naypyitaw, Myanmar, 15 March 2016. Myanmar's parliament on 15 March elected 69-year-old Htin Kyaw, an academic and long-time aide of Aung San Suu Kyi, as the country's next president, according to local media reports. Kyaw, who was put forward by Suu Kyi's National League for Democracy (NLD) party, will succeed ex-general U Thein Sein, whose five-year term ends on 30 March, becoming the first civilian to rule the country in decades. Suu Kyi is constitutionally barred from becoming president because her two sons are British passport holders. EPA/HEIN HTET

काठमाडाै, ७ चैत । म्यानमारका राष्ट्रपति उ तिन कायले आफ्नो पदबाट राजीनामा दिनुभएको  छ ।

राष्ट्रपतिको कार्यालयका एकजना अधिकारीकाअनुसार उहाँले अस्वस्थ भएपछि आरामका लागि भन्दै पदबाट राजीनामा दिनुभएको समाचारमा जनाइएको छ । बुधबार उहाँले आफ्नो पदबाट राजीनामा दिनुभएको यहाँका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

म्यानमारको राष्ट्रपति कार्यालयका एकजना निर्देशक उ चा तेले बढीमा सात दिनभित्रमा नयाँ राष्ट्रपति चयन गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेको जानकारी दिनुभयो । त्यतिन्जेलसम्मका लागि यहाँका वर्तमान उपराष्ट्रपति उ मिन्त स्वेले नै कार्यबाहक राष्ट्रपतिका रुपमा काम गर्नुहुने जनाइएको छ । म्यानमारका राष्ट्रपति ७२ वर्षीय काय सन् २०१६ मा निर्वाचित हुनुभएको थियो । उहाँले अस्वस्थताका कारण आराम गर्न आफ्नो पदबाट राजीनामा दिनुभएको समाचारमा जनाइएको छ ।

प्रकाशित : बुधबार, चैत ०७, २०७४१३:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

गिरिजा हामी सबैको अभिभावक – अध्यक्ष दाहाल