महिला हिंसाका घटना बढ्दै: छिमेकीबाट मरणासन्न हुनेगरी कुटीईन् फेरी अर्की महिला

Leaderboard Banner

अशोक पोख्रेल
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ करहिया निवाकी सरिता भट्टराई छिमेकिको कुटाईबाट गम्भिर घाईते भएकी छिन ।

चैत्र ४ गते आईतवार छिमेकिको घरमा राति रुवाबासीको आवाज सुनेकी सरिता आपत्ति आईपरेको ठानेर त्यहाँ जाँदा सोहि घरकै छोरा कमल रावतले आफ्ना परिवारमाथि आक्रमण गरीरहेको , छोरीको घाँटि थिचिरहेको अवस्था देखि सम्झाउन बुझाउन खोज्दा उल्टै आफुमाथि आक्रमण गरेको र पछि पिडित सरिता र उनको श्रीमानलाई समेत ज्यान मार्ने धम्कि दिएको पिडित सरिताले बताएकी छिन ।

सरिता कमलको आक्रमणपछि बेहोस भईन, लगत्तै चन्द्रौटामा रहेको सञ्जिवनी सामुदायिक अस्पतालमा सामान्य उपचार गरेपछि उनलाई रुपन्देहीस्थित क्रिमसन अस्पतालमा रिफर गरिएको थियो । सरिताको अहिले रुपन्देहीको  क्रिमसन अस्पतालमा उपचार भईरहेको छ ।

पिडित पक्षले आफुमाथि कुनै पनि समय आक्रमण हुन सक्ने भएको हुँदा कारवाहीको माग गर्दै वडा प्रहरी कार्यलय चन्द्रौटामा उजुरी गरेका छन् । पिडक कमललाई अहिले प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : मङ्गलबार, चैत ०६, २०७४१५:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

फेरी बल्झियो अस्थायी शिक्षकको समस्या, शिक्षकले थाले अान्दाेलन