जलाउन लागिएको शव प्रहरीले लियाे नियन्त्रणमा

जलाउन लागिएको शव प्रहरीले लियाे नियन्त्रणमा
Leaderboard Banner

काठमाडाै । राैतहटमा जलाउनकाे लागी तयार पारेर राखिएकाे एक महिलाकाे शव प्रहरिले नियन्त्रणमा लिएकाे छ ।

श्रीमानको कुुटाइबाट मृत्युु भएकी महिलाको शवका साथै दुई बोतल पेट्रोल र पाँच किलो चिनीका साथ जलाउन गएका चार आफन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महिलाका श्रीमान् कटहरिया नगरपालिका–५ का ३५ वर्षीय विजय साह सोनार घटनालगत्तै गए रातिदेखि फरार रहेको प्रहरीले जनाएको छ ।

झगडाका क्रममा अभियुक्तको कुटाइबाट मृत्यु भएकी राजकुमारीलाई आज बिहान मृतकका दुईभाइ र अभियुक्तका भाइभाञ्जाले लालबकैया किनारमा जलाउन लागेका थिए। सूचनाका आधारमा उक्त स्थानमा इलाका प्रहरी कार्यालय कटहरियाबाट गएको टोलीले चिहानमा जलाउनै लागेको शव बरामद गरेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए।

मृतकको घाँटीमा नीलो डाम देखिएकाले घाँटी थिचेर मारेको आशङ्का प्रहरीले गरेको छ ।

प्रकाशित : मङ्गलबार, चैत ०६, २०७४१४:०१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

पूर्वराष्ट्रपति सार्कोजी प्रहरी हिरासतमा