किन बोलाए ओलीले सातै प्रदेशका मुख्यमन्त्रीलाई ?

Leaderboard Banner
प्रधानमन्त्री खड्गप्रसाद ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सातै प्रदेशका मुख्यमन्त्रीलाई छलफलका लागि बुधबार प्रधानमन्त्री कार्यालयमा झिकाएका छन् । यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ।

प्रदेशको विकास योजना तथा प्रदेशले भोग्नु परेका समस्याबारे जानकारी लिने उद्देश्यले प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्री, प्रमुखसचिव तथा न्यायाधिवक्तालाई छलफलका लागि बोलाएका हुन् ।

प्रधानमन्त्री कार्यालयले सातै प्रदेशका मुख्यमन्त्रीलाई बैठकमा सहभागी हुन सोमबार पत्राचार गरिएको जानकारी दिएको छ ।

प्रदेशका मुख्यमन्त्रीहरुले केन्द्रीय सरकारले आवश्यकताअनुसार सहयोग नगरेको गुनासो गरिरहेका बेला प्रधानमन्त्रीले पहिलो पटक सबै मुख्यमन्त्रीलाई बोलाएका हुन् ।

प्रकाशित : मङ्गलबार, चैत ०६, २०७४०९:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

टन्न खाएर तौल कसरी घटाउने ? यस्तो छ सजिलो उपाय