प्रदेश नं ५ः दलहरूबिच भागबण्डा मिलाउन मन्त्रालय थपिने

प्रदेश नं ५ः दलहरूबिच भागबण्डा मिलाउन मन्त्रालय थपिने
Leaderboard Banner

काठमाडाै । प्रदेश नं ५ मा सरकार गठन भएकाे एकमहिना पछि मन्त्रीपरसषद् विस्तार हुदैछ ।

मुख्यमन्त्री शंकर पाेखरेलले करीब एकमहिना अघि आन्तरिक मामिला तथा कानुन मन्त्रीमा माओवादीका कुलप्रसाद केसी र भौतिक पूर्वाधार तथा विकास मन्त्रीमा एमालेका बैजनाथ चौधरी नियुक्त  गरी तिन सदस्यिय मन्त्रीमण्डल बनाएका थिए । यसअघि  सरकारमा जान आकांक्षी धेरै भएपछि मन्त्रीमण्डल विस्तार रोकिएको थियो ।

सोमबार भने मुख्यमन्त्री पाेखरेलले तीन मन्त्री थप्ने तयारी गरेका हुन् । स्रोतका अनुसार एमालेबाट २ र माओवादीबाट १ मन्त्री थपिनेछन् । एमालेबाट रूपन्देहीका लीला गिरी र बाँकेकी आरती पौडेल भने माओवादीबाट गुल्मीका सुदर्शन बराल मन्त्रीमा थपिनेछन् । वामगठबन्धनकाे एकल बहुमत रहेकाे प्रदेश ५ मा पनि दलहरूमा मन्त्रीका अाकांक्षी धेरै भएपछि मन्त्रालय फुटाउने तयारी गरीएकाे जनाइएकाे छ ।

सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट कानुन, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट कृषि, उद्योग, पर्यटन, वन तथा वातवरणबाट पर्यटन मन्त्रालय छुट्याउने तयारी भएको हो । तर संघीय सरकारमा सँगै रहेका मन्त्रालय प्रदेश सरकारमा टुक्र्याउन नमिल्ने भएकाले अप्ठयारो छ । तीन ठूला सहर रहेकाले सहरी विकास मन्त्रालय छुट्टै राख्ने तयारी सरकारको छ ।

सरकार गठनका बेला मुख्यमन्त्री, आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार विकास मन्त्रालय एमालेले लिने र सभामुख, आन्तरिक मामिला तथा कानुन र सामाजिक मन्त्रालय माओवादीले लिने सहमति भएको थियो । तर पछिल्लाे समयमा फाेरमले २ मन्त्रालय र माअाेवादी भित्रै अाकांक्षी बढ्न थालेकाेले   पनि मन्त्रालय ११ देखि १३ सम्म बनाउने छलफल भइरहेको हाे ।

प्रकाशित : सोमबार, चैत ०५, २०७४१३:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

गए राति सनराइज बैंकमा लाखौंको नगद चोरी