८ वर्षीय बालकको अपहरण गरी हत्या

८ वर्षीय बालकको अपहरण गरी हत्या
Leaderboard Banner

 धनुषा, ४ चैत। धनुषामा आठ वर्षीय बालकको अपहरणपश्चात् हत्या भएको छ ।

कमला नगरपालिका– ८ बस्ने प्रमोद साहका आठ वर्षीय छोरा रमणको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बालकको शव आज बिहान गाउँ नजिकै कुलामा हत्या गरेर फालिएको अवस्थामा फेला परेको छ ।

शनिबार साँझदेखि घरबाट बेपत्ता रमणको शव आज बिहान स्थानीय बासिन्दाले कुलाको पानीमा तैरिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत बालकको शरीरमा घाउचोट र नीलडाम भेटिएकाले अपहरण गरी हत्या गरेर नै फालिएको हुन सक्ने धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले बताउनुभयो । शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ ।

प्रकाशित : आइतबार, चैत ०४, २०७४१४:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

रोबोटबाट चल्ने सिमेन्ट उद्योग हेटौंँडामा