मनाङेका नाममा रेडकर्नर नोटिस जारी, १९२ देशकाे प्रहरीले निगरानीमा राख्ने

Leaderboard Banner

काठमाडाै । फरार सूचीमा रहेका दिपक मनाङेका नाममा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले रेडकर्नर  नोटिस जारी गरेको छ।

प्रदेश नम्बर ४ का प्रदेश सभा सदस्य मनाङे फरार भएसंगै नेपालमा नभएकाे सुचना पाएसंगै  प्रहरीको अपराध अनुसन्धान विभागले उनकाे नाममा रेडकर्नर जारी गरेकाे हाे । करीब पाँच वर्ष अगाडी  ‘ज्यान मार्ने उद्योग’मा पुनरावेदन अदालतले दाेषी ठह्रयाएपछि उनी फरार अभियुक्तकाे खाेजीमा थिए । २०६९ साउन २८ गते उनलार्इ अदालतले  पाँच वर्षकाे सजाए सुनाएपनि अहिलेसम्म गुपचुप अवस्थामा रहेकाे थियाे ।

राजिव गुरूङ अर्थात दीपक मनाङे मनाङकाे क्षेत्र नै २ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि उनलार्इ प्रहरीले खाेजी कार्य थालेकाे हाे । उनको खोजी गर्न महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरोले छुट्टाछुट्टै टोली खटिएको छ।

प्रहरी स्रोतका अनुसार इन्टरपोलले मुख्यालयले गएको साता रेडकर्नर नोटिसमा राखेको जानकारी नेपाललाई दिएको छ। मनाङे अब इन्टरपोल सदस्य १ सय ९२ देशको प्रहरी खोजीमा छन्।

प्रकाशित : आइतबार, चैत ०४, २०७४११:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

राष्ट्रसंघले सिरियामा युद्ध अपराध रोक्न सकेन