टुँडिखेलमा घोडेजात्रा सम्पन्न: नेपाली सेनाद्वारा यसरी गरियो घोडचडी कला प्रर्दशन (तस्विर)

Leaderboard Banner

काठमाडौँ, ३ चैत: घोडेजात्राका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा अश्वकला, साइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रीगणले टुँडिखेल पुगेर घोडेजात्रा अवलोकन गर्नुभएको थियो । घोडेजात्रा काठमाडौँ उपत्यकामा मात्र मनाइन्छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन टुँडिखेलमा घोडेजात्रा देखाइन्छ । घोडेजात्रामा भएका विभिन्न प्रतियोगितामा पहिलो र दोस्रो स्थान हासिल गर्ने सहभागीलाई राष्ट्रपति भण्डारीले पुरस्कार प्रदान गर्नुभयो ।

टूडीखेलमा नेपाली सेनाद्वारा दिइएको सलामी ग्रहणगर्दै राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत ।

घोडेजात्राको अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडीखेलमा घोडचडी कलाहरु प्रर्दशन गर्दै । 

तस्बिर/रासस

प्रकाशित : शनिबार, चैत ०३, २०७४१९:२२
अर्को समाचार:

सांसद यादवका पुत्रको मोटरसाइकल दुर्घटनामा मृत्यु!!