नेदरल्यान्ड्सले नेपाललाई दियो विजयी लक्ष्य: केहि बेरमा नेपाल ब्याटिंग गर्दै

Leaderboard Banner

काठमाडौँ । विश्वकप किर्केट छनोट खेल अन्तर्गत सातौँ स्थानको लागि भैरहेको प्लेअफ खेलमा नेदरल्यान्ड्सले नेपाललाई १९० रनको लक्ष्य दिएको छ।

जिम्बावेको क्वेक्वे स्पोर्ट क्लवमा टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको नेदरल्यान्ड्स निर्धारित ५० ओभर खेल्दै ९ विकेट गुमाएर १८९ रन बनायो। उसका लागि बस दी लीडेले ९१ बल खेल्दै सर्वाधिक ३९ रनमा हाने।

नेपालका लागि सोम्पाल कामीले ४ सर्वाधिक  विकेट लिए भने ललित राजबंशी र सन्दिप लामिछानेले २/२ विकेट लिए। त्यसैगरी शक्ति गौचनले पनि एक विकेट हात परे।

१९० रनको लक्ष्य पाएको नेपालले केहिबेरमा जवाफी ब्याटिंग गर्नेछ।

प्रकाशित : शनिबार, चैत ०३, २०७४१६:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

१९० रनको लक्ष्य पछ्याईरहेको नेपालको राम्रो सुरुवात: यस्तो ताजा स्कोर