नेदरल्यान्ड्सको लगातार छैटौं र सातौँ विकेटको पतन !

Leaderboard Banner

काठमाडाैं । विश्वकप किर्केट छनोट खेल अन्तर्गतको प्ले अफ म्याच नेपाललाई सातौँ सफलता मिलेको छ। नेदरल्यान्ड्सको  सातौं विकेट सन्दिप लामिछानेले आउट गराएका हुन्।

सातौँ विकेटको रुपमा नेदरल्यान्ड्सका ब्याट्सम्यान टिम भान गुग्टेन १ रनमा आउट भए।  त्यसैगरी नेपालका लागि ललित राजबंशीले छैटौं विकेट लिएका हुन्। उनले नेदरल्यान्ड्सका स्कट एडवार्डस्लेलाई  २५ रनमा आउट गराएका हुन्  नेदरल्यान्ड्सको पाचौँ विकेट पनि राजबंसीले नै रोएलोफ भान मेर्वेको रुपमा २५ रनमा प्याबिलियन फर्काएका हुन्।

यो समाचार तयार पर्दा सम्म नेदरल्यान्ड्सले ४१ ओभरको खेल चलिरहँदा ७ विकेट गुमाएर १३९ रनमा बनाएको छ।

यस अघि लगातार विकेट गैरहेको अवस्थामा राम्रो खेल प्रदर्शन गरिरहेका ओपनर ब्याट्सम्यान म्याक्स ओ डुव्ड पनि आउट हुन पुगेका छन्।ओ डुव्ड सन्दिप लामिछानेले मैदान बाहिर पठाएका हुन्। उनले ४४ बल खेल्दै २८ रन बनाए।  जिम्बावेमा जारी विश्वकप किर्केट छनोट अन्तर्गत प्लेफ अफ म्याचको सातौं स्थानका लागि अहिले भैरहेको खेलमा नेपाल नेदरल्याण्डविरुद्ध  निकै हावी देखिएको छ । जिम्बावेको क्वेक्वे स्पोर्ट क्लवमा टस हारेर फ़िल्डिङको निम्तो पाएको नेपालले यतिखेर नेदरल्यान्ड्सलाई पूर्णरुपले दवावमा राखेको छ।

त्यसैगरी ६ ओभर बलिङ गरेका सोमपालले २ ओभर मेडन फाल्दै मात्र ११ रन दिएर नेदरल्यान्ड्सको ३ विकेट चट्काई सकेका  छन्।  नेदरल्यान्ड्सको पहिलो विकेट वेज्लि बर्रेसी र  बेन कोपरलाई शून्य रनमै आउट गरेका कामीले नेदरल्यान्ड्सका कप्तान तथा ब्याट्सम्यानलाई ३ रनमा मैदान बाहिर फर्काई दिए । पेटरले मात्र ९ बलको सामना गरेका थिए।

प्रकाशित : शनिबार, चैत ०३, २०७४१६:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

विश्वकप कप किर्केट छनोट: सोमपाल एक्लैले लिए ४ विकेट !