मदिरा बनाउन मोजा, स्याम्पु र प्याडको प्रयोग

Leaderboard Banner

सल्यान, जिल्ला प्रहरी कार्यालयले शारदा नगरपालिकाका अवैध घरपालुवा मदिरा जफत गरी आज नष्ट गरेको छ ।
करीव एक सातादेखि नगरपालिकाभित्र प्रहरीले छापा मारेर भाँडाकुडासहित घरेलु मदिरा जफत गरेर जिल्ला प्रहरी कार्यालयको परिसरमा नष्ट गरिएको हो । जिल्लामा ९० प्रतिशत हिंसा मदिरा सेवनबाट हुने भएकोले यसलाई रोक्न मदिरा नियन्त्रण गरिएको प्रहरी नायव उपरीक्षक भरतबहादुर विकले बताउनुभयो ।
अवैध रुपमा मदिरा बनाइने कच्चा पदार्थमा मोजा, स्याम्पु र प्याडसमेत प्रयोग गरिएको पाइएकाले सचेत रहन उहाँले आग्रह गर्नुभयो । नगरपालिकाभित्र सबैखाले हिंसा रोक्न आफूले प्रतिबद्धता व्यक्त गरेकाले सोहीअनुसार काम भइरहेको नगरपालिका प्रमुख सुरेश अधिकारीले वताउनुभयो ।-रासस

प्रकाशित : शुक्रबार, चैत ०२, २०७४१९:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

आज घोडेजात्रा, जङ्गबहादुरको घोडा किन्न जाने कि ?