घाइते मेयर चाैधरी लार्इ भेट्न अस्पताल पुगे गृहमन्त्री

Leaderboard Banner

काठमाडाै । गत साेमबार अाक्रमणमा परी घाइते कैलाली घाेडाघाेडीका मेयर ममताप्रसाद चाैधधरीलार्इ भेट्न गृहमन्त्री थापा अस्पताल पुगेका छन ।

टाउकाे र खुट्टामा गम्भिर चाेट लागेर  त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेका मेयर चाैधरीको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री रामबहादुर थापा अस्पताल गएका हुन । मन्त्री थापाले चौधरीको स्वास्थ्य लाभको कामना गर्दै उनको स्वास्थ्य अवस्थाबारे उपचारमा संलग्न चिकित्सकहरूसँग जानकारी लिएका थिए। उनले केही आक्रमणकारीलाई कारबाहीको दायरामा ल्याइसकेको र बाँकीलाई पनि कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाए।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका नेकपाका ४ कार्यकर्तालाई बिहीबार सार्वजनिक गरिसकेको छ। पक्राउ पर्नेमा नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा जनस्वयंसेवक संगठनका अध्यक्ष कमल क्षेत्री (पवित्र), घोडाघोडी नगर सेक्रेटरी भरत शाह, टीकापुर नगर सेक्रेटरी हृदय बोगटी र धनगढी युवा नगर इन्चार्ज पूर्णप्रसाद खनाल रहेका छन्।

प्रकाशित : शुक्रबार, चैत ०२, २०७४१३:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

सुरुङ खन्दा पानीको मुहान सुक्यो