आजै मन्त्रालय बिस्तार हुँदै: माओबादी केन्द्रले मन्त्री टुंगायो, एमाले धमाधम मन्त्री छान्दै

Leaderboard Banner

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार मन्त्रिपरिषद् विस्तारका लागि तयारीमा जुटेका छन् । सङ्घीय समाजबदी फोरमलाई समेत सरकारमा सहभागी गराएर दुई तिहाईको सरकार बनाउने कसरतमा लामो समय देखि लागेका प्रम ओली अन्तत आज फोरमलाई पनि सरकारमा ल्याएर मन्त्री बिस्तार गर्न लागेका हुन् ।

अहिले प्रधानमन्त्री ओली  र माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल फोरमलाई सरकारमा ल्याउने अन्तिम कसरतमा लागि रहेका छन्। आज ४ बजे मन्त्रीपरिषदको विस्तार गरी सपथ समेत गराउन लागेका प्रधानमन्त्री ओलीले बालुवाटारमा यतिखेर फोरम अध्यक्ष उपेन्द्र यादवसँग वार्ता गरिरहेका छन्। उक्त वार्तामा वाम गठबन्धनका वरिष्ठ नेता प्रचण्ड पनि सहभागी छन्। यसअघि फोरम र राजपाले सरकारमा सहभागी हुन कम्तीमा पनि ३ /३ मन्त्रालय मागेका थिए । तर, राजपा भने सरकारमा नजाने भएको छ । यद्यपी, ओलीले निर्वाचन परिणाम आएसँगै एमालेसँग सहकार्य गर्न आग्रह गरिरहेको पार्टी फोरम भने सरकारमा जाने भएको छ।

आज सरकार बिस्तार हुने भएपछि  माओवादी केन्द्रले आफ्ना मन्त्रीहरूको नाम भने टुङ्गो लगाइसकेको छ। तर,  एमालेले भने मन्त्रीहरूको नाम अहिले साम टुङ्गो लगाइएको छैन । माओवादीबाट मन्त्री हुनेमा बर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल र बिना मगर रहेका छन् । बिना प्रचण्डकी बुहारी हुन् । एमालेबाट प्रदीप ज्ञवाली, योगेश भट्टराईका साथै भानुभक्त ढकाल, रविन्द्र अधिकारी, छबिलाल विश्वकर्माको सम्भावना छ । यस्तै रघुवीर महासेठ, हृदयेश त्रिपाठी, प्रेम आले, शेरवहादुर तामाङ, वसन्त नेम्वाङ, गोकुल बास्कोटा, यज्ञराज सुनुवार लगायत पनि दावेदार हुन् ।

तर, व्यक्तिको बारेमा अहिलेसम्म छलफल नभएको ओली निकट एक नेताले बताए । व्यक्तिगत रूपमा वरिष्ठ नेता माधवकुमार नेपालले केही नाम दिएका छन् । एमाले स्थायी कमिटी बैठकले मन्त्री छान्ने जिम्मा अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई नै दिएको छ । एमालेबाट यसअघि चारजना मन्त्री भइसकेका छन् ।

प्रकाशित : शुक्रबार, चैत ०२, २०७४१३:२२
अर्को समाचार:

काँग्रेस नेतृत्वलाई सच्चिन आग्रह, काँग्रेसभित्र समूहका भेलाहरु बढ्दै