नेपाली व्यवसायीमाथी गोली प्रहार गरेको आरोपमा एक भारतीय पक्राऊ

Leaderboard Banner

रुपन्देही । एक नेपाली व्यवसायीमाथी गोली प्रहार गरेको आरोपमा एक भारतीय नागरिक पक्राऊ परेका छन्।

रुपन्देहीको भैरहवाका व्यवसायी हरिष सेठिया (पिण्टु) माथी गोली प्रहार गरेको आरोपमा भारतको महाराजगञ्ज नौतनहवाका ३० वर्षीय मञ्जुर आलम पक्राउ गरिएको हो ।

भैरहवाको बैङ्क रोडमा रहेको करणी इन्टरप्राइजेजका सञ्चालक ३८ वर्षीय सेठिया पसल बन्द गरी स्कुटरमा चढेर घर गइरहेको बेला सिद्धार्थनगर – ५, सेवापथमा यही फागुन २८ गते बेलुका गोली प्रहार भएको हो।

उक्त गोली प्रहारको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि नै हतियारसहित १ जनालाई पक्राउ गरिसकेको थियो ।

प्रकाशित : शुक्रबार, चैत ०२, २०७४११:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

अधिकांश ठूला होटलमा ‘पशुले पनि खान अयोग्य’ अखाद्य वस्तु फेला