आज मन्त्रिपरिषद विस्तार हुँदै, यी हुन् सम्भावित मन्त्री

Leaderboard Banner

काठमाडाै । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । यसअघि माअाेवादी केन्द्र सहभागी भएकाे सरकारमा थप मधेसवादी दल संघीय समाजवादी फोरम र राजपालाई समेत समेटेर सरकार विस्तारको तयारीमा ओली लागेका हुन्।

प्रधानमन्त्री केपी ओलीले सरकारको नेतृत्व सम्हालेको ३० दिनपछि शुक्रबार मन्त्रिपरिषदलाई ‘पूर्णता’ दिने तयारी गरेका हुन । गत फागुन ३ गते ओलीले प्रधानमन्त्रीको शपथ लिएका थिए । हाल ओली नेतृत्वको मन्त्रिपरिषद सात सदस्यीय छ । मन्त्रालयको संख्या १८ वटा कायम गरिएकाले अझै ११ मन्त्री थप्नुपर्ने छ । सरकार विस्तार र मन्त्रालय थपबारे प्रधानमन्त्री ओलीले हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका थिए। स्रोतका अनुसार आजै दिउँसो ४ बजे नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण हुनेछ।

शुक्रबार हुने मन्त्रिपरिषद विस्तारमा एमालेबाट प्रदिप ज्ञवाली, गोकुल वास्कोटा, प्रेम आलेमगर, रघुवीर महासेठ, रविन्द्र अधिकारी, भानुभक्त ढकाल मन्त्री हुने सम्भावना छ । यद्यपी योगेश भट्टराई, बसन्त नेम्वाङ, कृष्णगोपाल श्रेष्ठ, छविलाल विश्वकर्मा, नारदमुनि रानाको नाम पनि चर्चामा छ ।

 माओवादी केन्द्रबाट बिना मगर, जनार्दन शर्मा, वर्षमान पुन, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेलको सम्भावना छ। यस्तै मधेसवादी दल संघिय समाजवादी फाेरम र राजपालार्इ पनि समेटेर मन्त्रीपरीषद् विस्तार गर्न लागिएकाे हाे । फोरमबाट यादव सहित सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र उपाध्यक्ष रेणु यादव मन्त्री बन्ने चर्चा छ । फोरमले दुई मन्त्री र एक राज्यमन्त्री पाउने छ ।

 मधेसवादी दलहरू सरकारमा जान इच्छुक भइसंगै मन्त्रीका अाकांषी धेरैभएपछि सरकारले थप तिनअाेटा मन्त्रालय थप्ने जनाएकाे छ ।  प्रधानमन्त्री अाेली सरकारले ३० मन्त्रालयलाई घटाएर तीन साताअघि १७ मन्त्रालय बनाउने निर्णय गरेको थियो तर संघीय समाजवादी फोरमसँगको पटकपटक छलफलका क्रममा भागबन्डा नमिलेपछि सरकार तीन मन्त्रालय थप्न वाध्य भएको हो।

फोरमले गृह, परराष्ट्र, सञ्चार र रक्षाबाट एक, भौतिक, सहरी विकास, स्वास्थ्य, कृषिमध्येबाट एक र सामान्य, वातावरण, भूमिसुधारमध्येबाट एक मन्त्रालयबाट दिनुपर्ने अडान राखेको छ।

प्रकाशित : शुक्रबार, चैत ०२, २०७४११:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

फोरमलाई मनाउन प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड यस्तो अन्तिम प्रयास गर्दै…