मानव बेचबिखन मुद्दामा दुई महिला पक्राउ

मानव बेचबिखन मुद्दामा दुई महिला पक्राउ
Leaderboard Banner

झापा, २ चैत । महिलालाई विभिन्न प्रलोभन देखाएर भारततर्फ लैजाँदै गर्दा बिहीबार पक्राउ परेका दुई महिलालाई प्रहरीले मानव बेचबिखनमा मुद्दा दर्ता गरेको छ ।

विदेश पठाइदिने भन्दै तीन महिलालाई भद्रपुर नाका हुँदै भारततर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ परेका भद्रपुर–१० निवासी ५० वर्षीया लीला भट्टराई र वुद्धशान्ति गाउँपालिका–३ निवासी ४८ वर्षीया मिङ्मा शेर्पालाई प्रहरीले मानव बेचबिखनमा मुद्दा दर्ता गरेको हो ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

प्रकाशित : शुक्रबार, चैत ०२, २०७४११:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नेपाली व्यवसायीमाथी गोली प्रहार गरेको आरोपमा एक भारतीय पक्राऊ