एसइइ छात्रको हृदयाघातका कारण मृत्यु !

Leaderboard Banner

गाईघाट, उदयपुर । त्रियुगा नगरपालिका– ११ गाईघाट बजारस्थित उदयपुर बोर्डिङ स्कुलमा अध्ययनरत भई यही चैत ८ गतेदेखि हुने एसइई परीक्षाको तयारी गरिरहेका एक छात्रको हृदयाघातका कारण आज मृत्यु भएको छ ।

बिहानै घरबाट परीक्षाको तयारीका लागि ट्युशन पढ्न साइकलबाट स्कुल आउँदै गरेका त्रियुगा नगरपालिका– ९ गैरुनका १७ वर्षीय रोशन दनुवारको बेहोस भई मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले बताउनुभयो ।

दनुवारलाई साथी तथा स्थानीयवासीले तत्कालै उपचारका लागि जिल्ला अस्पताल पु¥याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । दैनिक बिहान बेलुकी घरबाट विद्यालयमा हतारमा जानुुपर्ने बाध्यताका कारण हृदयाघात भएको हुनसक्ने जनाइएको छ ।

प्रकाशित : बिहिबार, चैत ०१, २०७४१७:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

राधालाई बोक्सी भन्दै “मरणासन्न” हुने गरी लात्ती र मुड्की प्रहार गर्ने अभियुक्तहरु सार्वजनिक