सन्दिप लामिछानेले एक्लैले लिए ४ विकेट: पपुवा न्युगिनी बन्यो धरासायी, यस्तो छ ताजा स्कोर

Leaderboard Banner

काठमाडौँ । अहिले  नेपाल र पपुवा न्युगिनीबीच भैरहेको खेलमा नेपाली स्पिनर लामिछानेले ४ विकेट लिँदा पपुवा न्युगिनीको ब्याटिंग लाईन पुरै लड्खडाएको छ।

सन्दिप लामिछाने न्युगिनीका ब्याट्सम्यानहरुलाई क्रमस: सीए सोपरलाई १० रन, सिसे बाउ ११ रन, महारुरु दाइ ५ रन, र किप्लिन दोरिगालाई १० रनमा आउट गराएका हुन्। सन्दीपले लगातार तस्रोपछी छैटौं सम्मका विकेट एक्लैले लिएका हुन्।

ताजा स्थितिमा पपुवा न्युगिनीले २२ ओभरको खेल सकिंदा ६ विकेटको क्षतिमा ९९ रन बनाएको छ।

प्रकाशित : बिहिबार, चैत ०१, २०७४१४:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

पपुवा न्युगिनीले नेपाललाई दियो निकै झिनो लक्ष्य !