युएस बङ्लाकाे ढाका–काठमाडौँ उडान सेवा बन्द

Leaderboard Banner
फाइल फाेटाे

काठमाडाै । साेमबार  त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलमा विमान दुर्घटनाग्रस्त भएपछि युएस बङ्ला एअरलाइन्सले  ढाका–काठमाडौँ उडान सेवा बन्द गरेकाे छ ।

युएस बङ्ला एअरलाइन्सका अनुसार विमान अभावका कारण काठमाडौं ढाका उडान विहीबारदेखि केही समयका लागि  बन्द गरीएकाे हाे ।उपलब्ध भएको जहाजहरुमध्ये एउटा जहाज पनि परीक्षण (सी चेक) का लागि लानुपरेकाले काठमाडौं ढाका उडान बन्द गर्नुपरेको बताइएकाे छ । उडान कहिलेसम्मका लागी बन्द गरीएकाे भन्नेबारेमा भने एअरलाइन्सले स्पस्ट धारणा व्यक्त गरेकाे छैन ।

फागुन २८ गते अथवा साेमबार  सो हवाईसेवाको ७८ सिटे बम्बार्डिएर ड्यास ८ विमान त्रिभुवन विमानस्थलको धावन मार्ग चिप्लएर  विष्फोट भएको थियो । चालकदल सहितका ७१ जना सवार उक्त विमान दुर्घटनामा ५१ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : बिहिबार, चैत ०१, २०७४१३:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा रामप्रताप यादवको मृत्यु, एक गम्भीर घाईते !