नेपाललाई पहिलो सफलता: खतरनाक ब्याट्सम्यान भाला आउट !

Leaderboard Banner

काठमाडौँ । अहिले जिम्बावे जारी आसीसी विश्वकप क्रिकेट छनौटको प्ले अफ अन्तर्गत सातौँ स्थानका लागि आज नेपाल र पपुवा न्युगिनीबीच खेल भैरहेको छ ।

जिम्बावेको हरारेस्थित पुरानो हरारियन स्पोर्ट्स क्लबमा भैरहेको खेलमा नेपालले टस जित्दै पपुवा न्युगिनीलाई पहिले ब्याटिंग गर्न निम्तो दिएको हो।  समाचार तयार पर्दा सम्म नेपालले पपुवा न्युगिनीको १ विकेट झारिसकेको छ। नेपालका लागि पहिलो विकेट सोमपाल कामीले लिएका हुन्। उनले  न्युगिनीका ओपनर ब्याट्सम्यान तथा कप्तान अस्साद भालालाई १० रनमा आउट गराएका हुन्। भालाले जम्मा ७ बल मात्र खेले। अहिले पपुवा न्युगीनी सातौँ ओभरको खेल चलिरहँदा १ विकेट गुमाउदै १९ रन बनाएर खेलिरहेको छ। भाला नेपालका विरुद्ध निकै राम्रो ब्याटिंग गर्ने ब्याट्सम्यान हुन्। उनले नेपाल बिरुद्धको खेलमा सर्वाधिक ८५ रन हानेका छन्।

छनोट चरणका सबै खेल हरेको पपुवा न्युगिनी आज जितको खोजीमा रहेनछ भने नेपाल आफ्नो दास्रो जितको लागि अग्रसर हुनेछ। विश्वकप छनोट हुने सम्भावना गुमाई सकेको नेपालले एकदिवसीय मान्याता पाउने सम्भावना भने जिवितै रहेको छ । नेपालले आजको खेलमा कुनै पनि हालतमा जित्नु पर्ने हुन्छ । किनकी यदि नेपाल आज खेल हरेको अवस्थामा र हङकङले नेदरल्याण्डलाई जितेको अवस्थामा नेपालले एक दिवसीय किर्केटको मान्यता पाउने सम्भावन  अन्त्य हुनेछ।

यादि नेपालले आजको खेलमा समूह ए को अन्तिममा रहेको पपुवा नियुगिनीसँग जितेमा र समुह वीको अन्तिममा रहेको हङकङले समुह ए को चौथो स्थानमा रहेको नेदरल्याण्डसँग हारेमा नेपालले सिधैं एक दिवसीय मान्यता पाउने छ। यदि यस्तो हुन नसकेको अवस्था र नेपाल र हङकङले आज हुने खेलमा जितेमा पुन: सातौं स्थानको लागि नेपाल र हङकङबीच खेल हुनेछ। जुन खेल जित्ने टोलीले एक दिवसीय मान्यता पाउने छ।

यस्तो भए नेपालले एकदिवसीय मान्यता पाउने छैन 

आजको खेलमा नेपालले पपुवा न्युगिनीसँग हारेमा र हङकङले नेदरल्याण्डलाई हराएको अवस्थामा नेपालले एक दिवसीया मान्यता पाउने छैन। यस्तो भएको खण्डमा नेपालले डिभिजन ए मै रहिरहनको लागि आठौं स्थानको लागि अर्को टोलीसँग खेल्नु पर्ने हुन्छ। नेपालले आठौं स्थान पनि बनाउन नसकेको अवस्थामा पुन : डिभिजन २ मै रेलिगेसनमा पर्ने छ।

एकदिवसीय मान्यता पाउनु किन आवस्यक छ नेपाललाई 
किर्केटको विकास र उन्नतीको लागि एकदिवसीय मान्यता पाउनु नेपालका लागि निकै महत्वपूर्ण रहेको छ। यदि यस्तो हुन् सकेमा नेपालले अफगानिस्थान र आयरल्याण्ड जस्ता देशहरुले जस्तै किर्केटमा धेरै ठूलो फड्को मार्न सक्नेछ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसि) ले वार्षिक ७ देखि ८ करोड रूपैयाँसम्म बजेट छुट्याएको हुन्छ जसले स्तरीय प्रशिक्षक, अभ्यास भ्रमण, खेलाडीको भत्ता, सुविधा, नियमित प्रशिक्षणको लागि नेपाललाई आर्थिक सहजता हुनेछ। यस्तै अन्तर्राष्ट्रिय प्रतियोगिता निकै कम खेल्ने नेपालका लागि नियमित रूपमा ठूला प्रतियोगिता विश्व क्रिकेट लिग च्याम्पियनसिप, इन्टर कन्टिनेन्टल कप जस्ता प्रतियोगिता खेल्न पाउनेछ।

साथै टेष्ट राष्ट्रसम्मिलित एसिया कप जस्तो ठूलो प्रतियोगितामासमेत नेपालको सहभागिता सहज हुनसक्छ। यस्तै नेपाल आइसिसीको एक दिवसीय वरियतामा पर्नेछ।

प्रकाशित : बिहिबार, चैत ०१, २०७४१३:४६
अर्को समाचार:

पपुवा न्युगिनीको दास्रो विकेट पनि पतन: अर्का ओपनर ब्याट्सम्यान पनि आउट !