घाेडाघाेडीका मेयरलार्इ गाेली हानेकाे अाराेपमा पक्राउ परेका चारजना सार्वजनिक

Leaderboard Banner

काठमाडाै । कैलालीकाे घाेडाघाडी नगरपालिकाका मेयर ममताप्रसाद चाैधरीलार्इ गाेली हानेकाे अाराेपमा पक्राउ परेका अाराेपीलार्इ प्रहरीले    पत्रकार सम्मेलन गरी  सार्वजनिक गरेकाे छ ।

मेयर चाैधरीलार्इ गाेली हानेकाे अाराेपमा मंगलबार उनीहरूलार्इ प्रहरीले पक्राउ गरेकाे थियाे । पक्राउ पर्नेमा  राष्ट्रिय युवा जनस्वयंसेवक संगठनका अध्यक्ष कमल क्षेत्री (पवित्र), घोडाघोडी नगर सेक्रेटरी भरत शाह, टीकापुर नगर सेक्रेटरी हृदय बोगटी र धनगढी युवा नगर इञ्चार्ज पूर्णप्रसाद खनाल हुन ।यस्तै  बिहीबार धनगढी उपमहानगरपालिका–१, नैनादेवी चौकबाट विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता सागर देउवा (विक्रान्त)लाई पक्राउ गरेको हो।

एक साताअघि राधा चाैधरीलार्इ बाेक्सीकाे अाराेपमा कुटिपट हुदाँ मेयर चाैधरी रमिते भएर हेरेकाे भन्दै सर्वत्र विराेध भइरहेका बेला उनीमाथी अाक्रमण भएकाे थियाे । साेमबार उनी घरमै बसिरहेका कम्मरमुनीकाे भागमा गाेली र टाउकाेमा खुकुरी प्रहार भएकाे थियाे । मेयरमाथि विव्लप नेतृत्वकाे समुहले चौधरीलाई फोनमा धम्की दिएको लगायतका विषयलाई आधार बनाएर शंकास्पद व्यक्तिहरुलाई पक्राउ गरेकाे हाे । तर मंगलबार भने नेत्र विक्रम चन्दले अाफनाे समुहले चाैधरीमाथी अाक्रमण नगरेकाे बताएका थिए ।

प्रहरीले अाक्रमणमा   विप्लपका कार्यकर्ताहरूकाे संग्लनता रहेकाे भन्दै  खाेजी कार्य जारी राखेकाे छ । घटनामा  घाइते भएका मेयर चाैधरीकाे भने त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित : बिहिबार, चैत ०१, २०७४१३:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

युएस बङ्लाकाे ढाका–काठमाडौँ उडान सेवा बन्द