कैदीबन्दीको चाप बढेपछि ३० जना भीमफेदी कारागार चलान

Leaderboard Banner

चितवन । जिल्ला कारागार चितवनमा कैदीबन्दी राख्ने ठाउँको अभाव भएपछि ३० जना पुरुष कैदीबन्दीलाई भीमफेदी कारागार चलान गरिएको छ ।

कारागारका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार गर्मी बढेसँगै सुत्न र बस्न कठिन भएपछि कैदीबन्दीलाई भीमफेदी चलान गरिएको हो ।कारागारको क्षमता २५५ जनाको भए पनि हाल ६०० कैदीबन्दी रहेका छन् । भवनमा सुत्ने बस्ने ठाउँ नभएर बाहिर राख्नु पर्ने, सुरक्षा दिन कठिन र कैदीबन्दीलाई असुविधा भएपछि ३० जना कैदीबन्दीलाई पठाइएको काफ्लेले बताउनुभयो ।

जिल्लामा गर्मी बढ्दै जाँदा रोग फैलिन सक्ने भएकाले क्षमताभन्दा साह्रै बढी कैदीबन्दी राख्न उपयुक्त नभएकाले पनि पठाउनु परेको हो ।हाल कारागारमा पुरुष कैदी २६२, पुरुष थुनुवा २८०, महिला कैदी २१, महिला थुनुवा ३३ तथा दुई नाबालक र दुईजना नाबालिका रहेका छन् ।

प्रकाशित : बिहिबार, चैत ०१, २०७४१२:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नेप्से ४ अंकले उकालो लाग्यो