कायममुकायम न्यायाधीश जोशीले तोके आजका इजलास

Leaderboard Banner

काठमाडाै । सर्वोच्च अदालतमा कायम मुकायम प्रधानन्यायाधीशको हैसियतमा दीपकराज जोशीले इजलास र पेसी तोकेका छन्। प्रधानन्यायधिस गाेपाल पराजुलीलार्इ न्याय परिषद् सचिवालयले बुधबार पदमुक्त भएकाे पत्र पठाएपछि दीपकराज जाेशीले अाजका इजलास ताेकेका हुन ।

बुधबार न्यायपरिषद्का सचिव नृपध्वज निरौलाले पराजुलीको उमेर हदका कारण गत साउनमै अवकाश भइसकेको पत्र लेखेका थिए । सो पत्रपछि जोशीले आजदेखि आफूले कायममुकायम प्रधानन्यायाधीशका रूपमा काम गर्ने बताएका थिए।  सोही अनुसार उनले बिहीबारका पेसी तोकेका हुन्।

जोशीले कामुको हैसियतमा बिहीबार १० वटा इजलास तोकेका हुन्। उनले एउटा एकल र ९ वटा संयुक्त इजलास तोकेका छन्। यसका साथै इजलास बहिस्कार गरेका ८ अाेटै न्यायधिस पनि अाज इजलासमा फर्कने भएका छन । मंगलबार उनीहरूले प्रधानन्यायधिस गाेपाल पराजुलीले ताेकेकाे इजलासमा नबस्ने भन्दै सबै इजलास खारेज गरेका थिए ।

यस्तै सर्वाेच्च  अदातलको वेबसाइटबाट गाेपाल पराजुलीकाे नाम  हटाइएर दीपकराज जाेशीकाे नाम उल्लेख गरेकाे छ । कायममुकाय प्रधान न्यायाधीश दीपकराज जोशीले बिहीबार मुददाको दैनिक पेसी र इजलास तोकेसँगै पराजुलीको तस्बिर झिकेर उक्त ठाउँमा जोशीको विवरण राखिएको हो ।

प्रकाशित : बिहिबार, चैत ०१, २०७४१०:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

पोईला गएकी १३ वर्षीय छोरी बाबुले नै ल्याए फिर्ता: अभिभावकले रोके बालविवाह