‘रियालिटी सो’ का नाममा ठगी आरोप, पुरस्कार माग्दा उल्टै आयोजकको धम्की !

Leaderboard Banner

नेपालगन्जकी पुनम राना मगर भी एन्ड भाइरस डान्स एकेडेमीले सञ्चालन गर्दै आएको डान्स नेपाल डान्स रियालिटी सो दोस्रो सिजनकी विजेता हुन् । यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ।

आयोजकले देशमा विभिन्न क्षेत्रमा अडिसन आयोजना गरेकोमा मगर कोहलपुरबाट छानिएर आएकी थिईन् ।

अन्तिम १० जना प्रतियोगीमा पर्न सफल भएकी उनले गत असारमा राष्ट्रिय नाचघरमा आयोजना गरिएको फाईनल छनौट प्रतिस्पर्धामा डान्स नेपाल डान्सको उपाधि हात पारेकी थिईन् ।

प्रतिस्पर्धामा सहभागी हुँदा विजेतालाई तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको थियो ।

फाईनल प्रतिस्पर्धाबाट उपाधि हात पारेपछि दुई लाख ५० हजार लिखित चेक हस्तान्तरण गरेको थियो ।

उनलाई दिने भनिएको पुरस्कार आठ महिना बित्दा पनि आयोजनकले दिएन । उनले आफुले पाउनुपर्ने पुरस्कारबापतको रकमबारे आयोजकसँग कुरा गर्दै उल्टै धम्क्याउन थालियो ।

प्रकाशित : बिहिबार, चैत ०१, २०७४०७:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

बेवारिस शवले हिमालमा आरोही त्रसित !