चलचित्र ‘विरविक्रम २’ मा नयाँ नायिकाको प्रवेश

Leaderboard Banner

काठमाडौं । चलचित्र विर बिक्रमको सफलता पछि अब विर विक्रम २ बन्ने घोषणा भएको छ । यस अघि नै चलचित्र को निर्माण घोषणा भएको भए पनि कलाकारको भने कन्र्फम भने भई सकेको थिएन । तर पछिल्लो समय उक्त चलचित्रमा नयाँ कलाकार को पनि इन्ट्री भएको छ । यस अघि नायिकाको रुपमा नायिका दिया पुन को कन्र्फम भएको थियो । अब भने दियाको साथमा नायिका वर्षा शिवाकोटी पनि अनुबन्धीत भएकी छन् । अब भने चलचित्रमा नायिका बर्षाले काम गर्ने पक्का भएको हो । निर्देशक मिलन चाम्सले बर्षासँग कागजी संझौता भैसकेको बताएका छन् । चलचित्रमा दिया पुन विशेष भूमिकामा देखिने बताउछन् मिलन । उनका अनुसार, चलचित्रको छायांकन जेठबाट सुरु छ ।
चलचित्रमा नायिका बर्षा र दियाको अलवा दयाहाङ राई, अनुप विक्रम शाही, अर्पण थापा, नाजिर हुसेन लगायतका कलाकार भने पुनः दोहिरिनेछन् । चलचित्र ‘बिर विक्रम’ भने निकै हिट भएको थियो ।

प्रकाशित : बुधबार, फागुन ३०, २०७४१८:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

नायक नाजिर भन्छन् म प्रतिस्पर्धि कलाकार होईन