फेरी कञ्चनपुरमा कुटीईन् अर्की महिला: मुखमा तातो घ्यु खन्याई आँखा फोडीदिने प्रयास

Leaderboard Banner

काठमाडौँ । महिला दिवसकै दिन कैलालीमा बोक्सीको आरोपमा एक १८ वर्षीय किशोरी निर्घात कुटिएको एक हप्ता बित्दा नबित्दै  बुधबार कञ्चनपुरमा पनि अर्की महिला माथी गम्भीर रुपमा कुटपिट भएको घटना बाहिर आएको  छ ।

बुधबार बिहान करिव १० बजेतिर कञ्चनपुरको  भिमदत्त नगरपालिका वार्ड ५ निवासी २४ बर्षिया सुनिता चन्दमाथी उक्त नगरपालिका कै १० नम्बर वडा गड्डाचौकी बस्ने २७ बर्षिय राकेश चन्दले निर्घात कुटपिट गरेका छन्। पीडक चन्दले पिडित सोनीकै घरमा गएर पशुवत शैलीमा कुटपिट गरेका हुन् ।

पीडकले खास के कारणले यसरी कुटपिट गरे भन्ने विषयमा अहिले सम्म खुल्न सकेकको छैन। पीडक राकेशले सुनितालाई कुटपिट गर्दा उनको आँखामा निकै गम्भीर चोट लागेको छ। पिडितको अवस्था हेर्दा पिडकले उनको आँखा नै फोड्ने नियतले आक्रमण गरेको देखिन्छ। राकेशले एकाएक आएर पहिले अनुहारमा तातो पोल्ने घ्यु खन्याएका थिए।  त्यसपछि उनले सुनिताको आँखामा हातका औलाले घोची घोची आक्रमण गरेका थिए।

घटनापछि पिडित सुनिताको उपचारार्थ महेन्द्रनगर आँखा अस्पतालमा लगिए पनि उनको आँखामा गम्भीर चोट लागेको र निकै रगत बगेका कारण थप उपचारका लागी कैलालीको गेटा अस्पताल लगिएको त्यहाँबाट जानकारी आएको छ । सुनितामाथि निर्घात कुटपिट गर्ने राकेश चन्द घटनापछि फरार छन्।  अहिले उनको खोजी भईरहेको कञ्चनपुर जिल्ला प्रहरीले जानेको छ ।

प्रकाशित : बुधबार, फागुन ३०, २०७४१४:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

विमान दुर्घटनाका पाइलट अबिदले पहिल्यै राजिनामा दिएका थिए