चुलिदैँ प्रधानन्यायधिस विवाद, जबरालाई आज पनि मुद्दा दिइएन

Leaderboard Banner

मञ्जु टेलर

काठमाडाै । सर्वाेच्च अदालतमा प्रधानन्यायधिस गाेपाल पराजुलीकाे मान मर्यादमा चाेट पुर्याएकाे भन्दै न्यायधिस  चाेलेन्द्र शर्मालार्इ इजलासमा बस्न राेक लगाइएकाे छ । न्यायधिस जबराले सर्वाेच्चकाे एक इजलास बहिस्कार गरेसंगै  पराजुलीले उनलार्इ इजलासमा बस्न रोक लगाएका हुन्।

न्यायाधीश जबराले प्रधानन्यायधीसले गत साउनमै अवकाश पाइसकेको भन्दै आफूले उनीसँग बसेर कुनै मुद्दा नहेर्ने धारणा सार्वजनिक गरेका थिए । गत साेमबार  उनी कान्तिपुर र गोविन्द केसीको मुद्दामा सुनुवाई गर्दा गर्दै पराजुलीले तोकेको इजलासमा बस्न नमिल्ने राय सुनाएर हिँडेका  थिए । जबराले प्रधानन्यायाधीश पराजुलीको अवकास हुने समय गत साउन २१ गते रहेकाले सोही बेन्चमा रहेर पेसीमा तोकिएको मुद्दा हेर्न नसक्ने कारण निजी आदेशमा दर्शाएका थिए। राणाले न्यायाधीश आचारसंहिताविरुद्ध कार्य गरेको भन्दै प्रधानन्यायाधीशले इजलासबाट बाहिर गरेका हुन्।  जबरा भने साेमबार देखि अदालतकाे कुनै पनि इजलासमा सहभागी भएका छैनन् ।

यस्तै प्रधानन्यायाधीशका विषयमा उठेका टिकाटिप्पणीको बारेमा छिटाे टुङगाे लगाउन माग गर्दै अन्य अाठ जना न्यायधिसले मंगलबार इललासका उपस्थित भएका थिएनन  । प्रधानन्यायाधीश पराजुलीको शैक्षिक प्रमाणपत्र र नागरिकताको विषयमा विवाद हुँदा केही दिनदेखि सर्वोच्चमा न्यायाधीशभित्र दुई गुट देखिएको हो। साेमबार न्यायधिस जबराले प्रधानन्यायधिसकाे इजलास बहिस्कार गरेसंगै सर्वाेच्चमा बिवाद बढ्दै गएकाे छ ।

मंगलबार ४ इजलासका लागी ताेकिएका ८ न्यायधिसले बेन्च अस्विकार गरेसंगै चारअाैटै इजलासहरू बन्द भएका थिए । अाज पनी पराजुलीले तोकेको पेशीमा इजलास नबस्ने निर्णय गरेका न्यायाधीश दीपकराज जोशी र विश्वम्भर श्रेष्ठको, हरिकृष्ण कार्की र इश्वर खतिवडा, प्रकाश सिंह राउत र अनिल कुमार सिन्हा अनि आनन्दमोहन भट्टराई र सपना मल्ल प्रधानको संयुक्त इजलासमा नबस्ने भएका छन ।

तर प्रधानन्यायधिस पराजुलीले अाज पनि  न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, अनिलकुमार सिन्हा र सपना प्रधान मल्लको इजलास तोकेका छन। यसबाहेक पराजुलि ले अाफनाे गुट तिरकाे छुट्टै इजलास र आफ्ना लागि भने एकल इजलास तोकेका छन्।

मुद्दा नहेर्ने न्यायाधीशहरुमा प्रधानन्यायाधीश पराजुलीका उत्तराधिकारी ठानिएका वरिष्ठतम सहित भावी प्रधानन्यायाधीशको क्रममा रहेकाहरु अन्य न्यायाधीश पनि छन्। वर्तमान प्रधानन्यायाधीश पराजुली र भावी प्रधानन्यायाधीश दीपकराज जोशीको गुटगत द्वन्द्वले न्यायालयकाे निष्पक्षतामाथी नै प्रश्न उठेकाे छ । गत साउनमै पराजुलीले  अवकास पाउनुपर्ने प्रमाण भेटिएको भन्दै न्यायाधीश राणाले प्रधानन्यायाधीशनै नभएको व्यक्तिले तोकेको इजलासमा कानुनी र नैतिकताकै आधारमा नमिल्ने निर्णय सुनाएका संगै विवाद झज चुलिदै गएकाे हाे ।

नैतिकतामाथी नै प्रश्न उठेका पराजुलिकाे विषयलार्इ लिएर सर्वाच्चमा मात्र नभर्इ नेपाल बार एसाेसियन पनि विभाजित भएकाे देखिन्छ । मंगलबार बारले विज्ञप्ति जारी गर्दै संवैधानिक परिषद्को सिफारिस, संसदीय सुनुवाइ विशेष समिति, राष्ट्रपतिबाट नियुक्ति र सर्वोच्चका विगतका फैसलाले प्रधानन्यायाधीश पराजुलीको कानुनी प्रश्नको अन्त्य गरेको बताउँदै नैतिक प्रश्न उब्जेको जनाएको थियाे ।

सर्वाेच्च भित्रैकाे गुटबन्दीकाे कारणले अाज ताेकिएका सबै इजलासहरू पनि प्रभावित हुने भएका छन । साेमबार देखी ठप्प रहेका केही इजलास अाज सम्म पनि सुचारू नहुदा सेवाग्राही भने प्रभावित भएका हुन । सर्वाेच्चका अान्तरिक विवादका कारण महिनाैसम्म पालाे कुरेर बसेका सेवाग्राहिले घर फर्किनुपरेकाे छ । यसले न्यायालयकाे न्यायसम्पादनमा प्रश्न उठाउनुका साथै स्वतन्त्र रूपमा रहेकाे न्यायापालिकाकाे बारेमा पनि टिप्पणी हुन थालेकाे छ ।

प्रकाशित : बुधबार, फागुन ३०, २०७४१३:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

श्रीदेविको निधनको महिना नकट्दै अभिनेता झाको निधन