काठमाडाै । नेपालकाे तेस्राे राष्ट्रपति चयनका लागी निर्वाचन जारी रहेकाे छ । संसद भवन नयाँ बानेश्वरमा बिहान १० बजेदेखि सुरू भएकाे निर्वाचन दिउँशाे ३ बजेसम्म चल्नेछ ।
राष्ट्रपतिका लागि एमालेबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेसबाट लक्ष्मी राई प्रतिस्पर्धामा छन्। प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभाका ८८४ जना मतदाता रहेपनि अाजकाे निर्वाचनमा कुल ८८० जनाले मतदानमा सहभागी हुन पाउने भएका छन । राष्ट्रपतिले मनाेनित गरेका ३ जना राष्ट्रियसभा सदस्य र दिपक मनाङगेले मतदान गर्न नपाउने भएका हुन ।
नयाँ शक्ति नेपाल र विवेकशील साझा पार्टीले निर्वाचनमा मतदान नगर्ने भएका छन्। नयाँ शक्तिले विज्ञप्ति जारी गर्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको पक्षमा निरन्तर पैरवी गर्दै आएको पार्टी भएकाले राष्ट्रपतिमा भोट नहाल्ने बताएको हाे । संवैधानिक राष्ट्रपतिको पदीय मर्यादा र सीमाभन्दा बाहिर गएको र दलिय स्वार्थ भन्दा माथि उठ्न नसकेकाे भन्दै निर्वाचनमा भाग नलिने विज्ञप्तिमा उल्लेख गरीएकाे छ ।
यस्तै विवेबशिल साझाले पनि राष्ट्रपति दलिय प्रभावबाट माथि उठ्न नसकेकाेले राष्ट्रपति र उपराष्ट्रपतिकाे निर्वाचनमा भाग नलिने जनाएकाे हाे । विवेकशिल बाट प्रदेश सभाका तीन सदस्य मतदाता रहेका छन ।