काठमाडौँ । विश्वकप छनोट खेल अन्तर्गत अहिले भैरहेको खेलमा नेपाल लगातार जित उन्मुख हुँदै गएको छ।
१ सय ५४ रनको लक्ष्य पछ्याएको नेपालले निकै राम्रो ब्याटिंगको सुरुवात गरेको थियो। तर, एकाएक १९ औं ओभरको खेल चलिरहँदा ६६ रन मै ५ विकेट गुमाऊँदै निकै अप्ठ्यारो अवस्थामा पुग्यो। तब लड्खडाएको नेपालको पारीलाई सम्हाल्दै रोहित पौडेल र सोमपाल कामीले २० ओभरमा ८४ रनको साझेदारी गर्दै अहिले लगभग जित नजिक पुर्याएका छन्।
यो समाचार तयार पर्दा सम्म नेपालले ४० औं ओभरको खेल सकिँदा ५ विकेटको क्षेतीमा १५० रन बनाएको छ। अब नेपाललाई जितको लागि ४ रनको आवश्यकता रहेको छ।