नेपालद्वारा हङकङ ५ विकेटले पराजित !

Leaderboard Banner

नेपालद्वारा हङकङ ५ विकेटले पराजित भएको छ। अहिले जिम्बावेमा जारी विश्वकप किर्केट छनोटमा  हङकङले दिएको १५४ रनको लक्ष्य नेपालले ४०.४ ओभरमा ५ विकेट गुमाएर भेट्टायो।

नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४८ रन प्रहार गरे। ८६ बल सामना गरेका पौडेलले ६ चौकाको मद्दतले ४८ रन जोडेका हुन्। त्यसैगरी सोम्पाल कामीले ३७ बलमा ४०, अनिल शाहले ३६ बल २६ रन , दिपेन्द्र सिंह ऐरी २९ बलमा १२ रन बनाए।  त्यसैगरी ज्ञानेन्द्र मल्लले ३१ बलमा १२ रन प्रहार गरे।

आजको खेलमा कप्तान पारस खड्काले १४ बल ११ रन बनाए भने  बनाएर आउट भए बने अरिफ सेख ९ बल खेल्दै २ रनमा आउट हुन् पुगे।

प्रकाशित : सोमबार, फागुन २८, २०७४१९:५१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अर्को समाचार:

उड्नुअघि यात्रुको टेलिफोन: काठमाडौँको मौसम कस्तो छ ?